नियम ४५
मतगणना प्रतिनिधि
(१) मतगणना सम्बन्धी कामको लागि उम्मेदवार वा निर्वाचन प्रतिनिधिले निर्वाचन अधिकृतले तोकिदिएको सङ्ख्यामा मतगणना प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।
(२) सम्बन्धित निर्वाचन क्षेत्र अन्तर्गतको गाउँपालिका वा नगरपालिकाको वडाको अन्तिम मतदाता नामावलीमा नाम भएको र लेखपढ गर्न जान्ने व्यक्तिलाई मतगणना प्रतिनिधि नियुक्त गर्न सकिनेछ ।
(३) मतगणना प्रतिनिधिको कार्यावधि उम्मेदवार वा निर्वाचन प्रतिनिधिले अगावै खारेज गरेमा बाहेक निर्वाचन परिणाम घोषणा नभएसम्म कायम रहनेछ ।
(४) मतगणना प्रतिनिधिलाई मतगणना स्थलमा प्रवेश गर्नको लागि निर्वाचन अधिकृतले मतगणना प्रतिनिधि परिचयपत्र दिनु पर्नेछ ।
(५) शान्तिपूर्ण ढङ्गबाट मतगणना कार्य सम्पन्न गर्न सहयोग गर्ने र मतगणना गर्दा तयार गर्नुपर्ने मुचुल्कामा सहीछाप गर्नु मतगणना प्रतिनिधिको कर्तव्य